काठमाडौं । डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरीको पहलमा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ दल दर्ताका लागि निवेदन पेश भएको छ ।
सोमबार चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टीे’ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए ।
उनका अनुसार चौधरीले कारागारमा दल दर्ताका लागि निवेदन दिए । सोही अनुसार दल दर्ताका लागि निवेदन परेको हो ।
सोमबार चौधरीका समर्थकहरु दल दर्ताका लागि भृकुटीकण्डपबाट जुलुसहित निर्वाचन आयोग पुग्नुका थिए । टीकापुर घटनाका आरोपी रहेका चौधरी डिल्लीबजार कारागारमा छन् ।









तपाईको प्रतिक्रिया