काठमाण्डौं, २० पुस। भारतको उत्तरप्रदेश राज्यको वाराणसीमा अवस्थित भारत कै प्राचीन संपूर्णानन्द संस्कृत विश्वविद्यालयमा २ नेपाली छात्र सर्वोत्कृष्ट भएका छन् । सोमबार भएको विश्वविद्यालयको ४० औ दिक्षान्त समारोहमा बाग्लुङ्ग नगरपालिका वडा नं ७ गैरागाउँ, बाग्लुङ निवासी सुदर्शन गौतम र अमरगडी नगरपालिका वडा नं. ७ निवासी सन्तोष भट्ट सर्वोत्कृष्ट अंक ल्याएर सम्मानित भएका हुन् । सुदर्शन गौतमले ब्याकरण आचार्य परीक्षामा सर्वाधिक अंक प्राप्त गरेर ५ स्वर्णपदक प्राप्त गरे भने अर्का छात्र सन्तोष भट्टले संस्कृत प्रमाणपत्रीय परिक्षामा सर्वाधिक अंक प्राप्त गरेर काश्य पदक प्राप्त गरे । छात्रहरुलाई सम्मान गर्दै उत्तर प्रदेश राज्य कि राज्यपाल श्रीमती आनन्दी बेन पटेलले संस्कृत देवभाषा भएको बताउदै सम्मानित छात्रहरुलाई वधाई ज्ञापन गर्नु भएको थियो । सम्मान पश्चाद दुबै छात्रहरुले सञ्चारकर्मीहरुसँगको छोटो संवादमा संस्कृत र संस्कृतिको विकासका लागि सधै कृयाशिल रहने बताउँदै सनातन संस्कृति रक्षार्थ सबै नेपालीलाई एकजुट हुन आग्रह समेत गरेका









तपाईको प्रतिक्रिया