TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

पुस ३० मा महार्‍याली गर्ने सीके राउतको घोषणा


डा. सीके राउतद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
ADVERTISEMENT

जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले किसान आन्दोलन अन्तर्गत पुस ३० गते सबै जिल्लाको सदरमुकाममा महारैली गर्ने घोषणा गरेका छन् ।


फेसबुकमा रहेको आफ्नो सचिवालय पेजमार्फत डा. राउतले यस्तो घोषणा गरेका हुन् । किसानलाई मलखाद सहज रुपले समयमा दिनुपर्ने, सिँचाईको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै मागको अर्थ लाग्ने रचनात्मक जुलुस निकाल्ने उनले बताएका छन् ।

घोषणा गरिएको कार्यक्रममा उच्चस्तरीय समिति गठन गर्न भैंसी जुलुस निकाल्ने उल्लेख छ । यसको अर्थ सत्ताधारीहरू केही मतलब नगर्ने भैंसी भयो भन्ने रहेको अध्यक्ष डा. राउतको भनाई छ ।

यस्तै किसान कार्डको व्यवस्था गर्न भोट कार्ड र प्लाकार्ड देखाएर प्रदर्शन गर्ने, किसानको पेन्सनका लागि गोरू र्‍याली, गोरूगाडा र्‍याली, हलो र्‍याली र कोदालो र्‍याली गर्ने जस्ता कार्यक्रम तय गरिएको छ ।

अध्यक्ष डा. राउतले आन्दोलन सफल पार्न सम्बन्धित निकायमा ज्ञापनपत्र दिने, प्रचार प्रसार गर्ने र युवा दस्ता बनाउने कार्यहरू सुचारू राख्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

हेर्नुस् राउतले घोषणा गरेको कार्यक्रमहरु :
१. उच्चस्तरीय समिति गठन, – भैंसी जुलुस निकाल्ने
(अर्थ: सत्ताधारीहरू केही मतलब नगर्ने भैंसी भयो भनेर)
२. किसानकार्डको व्यवस्था – भोट कार्ड, प्लाकार्ड देखाएर प्रदर्शन
(अर्थ:भोटकार्ड दिने, किसान कार्ड खै ? भोट लिने भए किसान कार्ड देऊ)
३. किसानको पेन्सन, – गोरू र्‍याली, गोरूगाडा र्‍याली, हलो र्‍याली, कोदालो र्‍याली
(अर्थ:जीवनभरि जोतिएर वृद्धावस्थामा कोदालो, हलो, गाडामा जोतिन नसके कसरी बाँच्ने?)

४. बालीनालीको स्वत: वीमा, – खाली “ढकिया/छिटा”, खाली “बहिंगा” र्‍याली
(अर्थ: लगाएको बाली उब्जेन, स्वत: वीमा नगरे कसरी बाँच्ने?)
५. कृषि मीटरको #बिजुली #निशुल्क – बाल्टिन र्‍याली, कृषि मोटर र्‍याली, बिजुली तार लिएर र्‍याली
(अर्थ: सिंचाई छैन, सिंचाईको व्यवस्था गर कि बिजुली फ्री गर)
६. मलखाद र बीउबिजनको व्यवस्था – खाली खाद बोरा र्‍याली, सडकमा माटो छर्ने र्‍याली
(अर्थ: मलखाद छैन / बीउ नभए माटो छरेर फसल हुन्छ त ?)

७. बालीक्षतिपूर्ती वापत् राहत, – भिजेको बाला र्‍याली, परालको भारी बोकेर र्‍याली, नाङ्लो (“सुप”) र्‍याली, झाडू र्‍याली
(अर्थ: बालीनाली क्षति भयो, राहत देऊ)
८. फसलको उचित समर्थन मूल्य निर्धारण – तराजु र्‍याली
(अर्थ: उचित मूल्य निर्धारण गर)
९. उखु किसानको भुक्तानी – उखु र्‍याली
१०. मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द – जाल र्‍याली, “जुवाली/चाबुक” र्‍याली, लाठी जुलुस
(अर्थ: फसाउने काम बन्द गर, दमन गर्ने काम बन्द गर)
११. आन्दोलनकारी रिहा – दाम्लो/सिक्रीले हाथ बाँधेर र्‍याली
(अर्थ: किसानलाई मुक्त गर)

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
बुधबार, ११२० जना कोरोना संक्रमित थप

थप १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य