काठमाडौ । अवैध विदेशी मुद्रासहित एक पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।
माघ १४ गते साँझ ५ बजे फ्लाई दुवईको उडानद्वारा काठमाडौंबाट दुवई जाने क्रममा अवैध रुपैयाँसहित ३३ वर्षीय हाफिज अटारी–उर–रहमान पक्राउ परेका हुन् । अवैध रुपैयाँ बाहिरी मुलुक लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फबाट पाकिस्तानी नागरिक पक्राउ परेका हुन् ।
अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थानमा पाकिस्तानी नागरिको हातमा रहेको हरियो रंगको झोला ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्स–रे मेसिनमा स्क्रीनिंग गर्ने क्रममा उक्त झोलाभित्र साउदी रियाल ४७,१५०।–,युएई दिराम ४००।–,ओमनी रियाल ५.५ र ३०० बैसा सहित भारतीय १००।– अवैध रुपियाँ फेला परेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार अवैध रमक फेला परे पश्चात आइतबार पाकिस्तानी नागरिकलाई अनुसन्धानका लागि राजश्व अनुसन्धान बिभाग हरिहरभवनमा बुझाईएकोे छ ।









तपाईको प्रतिक्रिया