कोरोना संक्रमणका कारण विथोलिएको शैक्षिक सत्र यो वर्ष वैशाखबाटै भौतिक उपस्थिति सहित गर्ने तयारी थालिएको छ ।
संक्रमणको जोखिम टरे वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको योजना छ । यसअघिका शैक्षिक सत्र संक्रमण जोखिमका कारण प्रभावित बनेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एसइई लगायत सबै तहको समयमै पठनपाठन सक्न शिक्षकहरूलाई आग्रह गनु भएको छ । मन्त्री पौडेलले सूचनामार्फत शैक्षिक तालिका नियमित गर्न आग्रह गर्नु भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहको निर्वाचन अघि नै कक्षा १ देखि १० सम्मको शैक्षिकसत्र अन्त्य गरी परीक्षा समेत सञ्चालनको तयारी थालेको छ । सोही अनुसार बैशाख ९ देखि माध्यामिक शिक्षा परीक्षा एसईईको परीक्षा तालिका सार्वजनिक भएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले फागुन र चैतभित्र पाठ्यक्रम सकेर बैशाखमा एसईई परीक्षा गरीने बताउनुभयो । स्थानीय तहको निर्वाचन अगावैै परीक्षा सकेर नयाँ शैक्षिकसत्रको तयारी गर्न लागिएको बताइएको छ ।








तपाईको प्रतिक्रिया