TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

कमला नदीको पुल पुन : निर्माण अझै अनिश्चित


निर्माण नसकिँदै कमला नदीको पुलको स्पान धसियो
ADVERTISEMENT

जनकपुरधाम । निर्माण नसकिँदै भासिएको कमला नदीको पुल लामो समयसम्म पुनःनिर्माण नहुँदा सर्वसाधारण सास्ती बेहोर्न बाध्य भएका छन् ।


तराई– मधेशको लाईफ लाइनकैरुपमा रहेको हुलाकी सडकअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीको पुल निर्माण सम्पन्न नहुँदै गत असार ३१ गते आएको बाढीले भासिएको थियो । भासिएको पुल पुनःनिर्माण नहुँदाँ निकै सास्ती भइरहेको भन्दै स्थानीयवासीले तत्काल पुनःनिर्माणको माग गरेका छन् । “ठेकेदार कम्पनीको लापरबाहीका कारण भासिएको पुल पुनःनिर्माण काम अझै सुरु हुनसकेको छैन्”, धनुषाको कमला नगरपालिका–५ का सत्रुधन साहले भन्नुभयो, “पुलको पुनः निर्माणको काम हुन नसक्दा चारपाङग्रे गाडी सो मार्गमा चल्नै सकेका छैनन्, दुईपाङ्ग्रे सवारी पनि जोखिमपूर्ण रुपमा चलिरहेका छन् ।” सुख्खायाममा जेनतेन दुईपाङ् ग्रे सवारी साधन चल्ने गरे पनि हल्का वर्षामा पनि पैदलयात्रुलाई समेत हिँड्डुल गर्न समस्या भइरहेको उहाँको भनाइ छ । बाढीका कारण पहिला पूर्वतर्फको स्पर भासिएको थियो । त्यसको केही दिनपछि पश्चिमतर्फको स्पर पनि भासिएको थियो । “भासिएकामध्ये पुर्वतर्फको स्पर कामै नलाग्ने अवस्था छ”, सिरहा नगरपालिका– ११ का कमलेश यादवले भन्नुभयो, “जसका कारण मोटरसाइकललाई समेत पुलबाट वारपार गर्न ठूलै समस्या भइरहेको छ ।” सर्वसाधारणले ठूलै सास्ती भोग्दै आए पनि भासिएको पुल पुनःनिर्माणमा ठेकेदार कम्पनीले ध्यान नदिएको उहाँको गुनासो छ ।

कूल ४७० मिटर लामो पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का लिएको थियो । सुरूमा पप्पुले मात्र काम गरेको थियो । करिब ३५ प्रतिशत काम सकाएको पप्पुले घाटा लाग्ने अवस्था देखेपछि हात झिक्दा लुम्बिनी बिल्डर्सले बाँकी काम गरेको हो ।पुल ४२ महिनामा निर्माण हुनुपर्नेमा झण्डै १० वर्षपछि मात्रै निर्माण पूरा भएको थियो । हस्तान्तर नहुँदै भासिएपछि सो क्षेत्रका स्थानीयवासी निराश बनेका छन् । केही दिनअघि कमला जलाधार संरक्षण अभियानले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालाई ज्ञापनपत्र बुझाउँदै उच्चस्तरीय छानबिन गर्न मागसमेत गरेको थियो । गलत डिजाइनकै कारण पुल भासिएको पूर्वमन्त्री रामचन्द्र झाले बताउनुभयो । हुलाकी सडकअन्तर्गत पूर्व बरियारपट्टीदेखि पश्चिम सदरमुकाम सिरहासम्मको सडकमा कालोपत्र सकिए पनि गागन खोलामा पुल निर्माण हुन नसक्दा सिरहाका एक दर्जनभन्दा बढी गाउँका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पुल निर्माण कार्य सुरु भएको एक वर्ष बित्न लाग्दासमेत १० प्रतिशत पनि काम हुन नसकेको स्थानीयवासीको गुनासो छ । सम्झौताअनुसार नै काम अघि बढाइएको निर्माण कम्पनी रोशन कन्ट्रक्सनका साईड इञ्चार्ज दानालाल यादवले बताउनुभयो ।

“सम्झौता भएर २०७७ पुस महिनादेखि पुल निर्माणको काम थालेका छौं”, साइड इञ्चार्ज यादवले भन्नुभयो,“ बर्षात सुरु भएपछि काम रोकिएको हो, बर्षा रोकिएपछि कात्तिकपछि काम पुनः सुरु गर्ने छौं ।” खोलामा कुनै बेला पनि ठूलो बाढी आउन सक्ने भएकाले पुलको काम अघि बढाउन नसकिएको उहाँको भनाइ छ ।रासस

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
अबको ३ दिनसम्म देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

माैसम : देशभरकाे माैसम सामान्य बदली रहने, पहाडी भेगमा हल्का वर्षाकाे सम्भावना

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य