दार्चुला, फागुन ८ । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाँजमा एक पुरुषको मिलको फित्तामा बेरिएर मृत्यु भएको छ । गहु, मकै पिसानीका लागि सञ्चालन गरेको आफ्नै मिलको फित्तामा बेरिएर शैल्यशिखर नगरपालिका–६ का ५० बर्षीय धनसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
आइतबार बिहान ९ बजेतिर आफ्नै मिलमा अन्न पिस्ने बेला मिलको फित्तामा बेरिएर धामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी, निमित्त प्रमुख एबं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए। गहुँ पिस्ने बेला आफ्नै मिलको फित्तामा बेरिएर घटनास्थलमै मृत्यु भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









तपाईको प्रतिक्रिया