काठमाडौं, फागुन १० । मधेश प्रदेशको प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित भएको छ। आज बोलाइएको बैठक २२ गतेसम्म स्थगित गरिएको मधेश प्रदेशका उपसभामुख उपमाकुमारी देवले जानकारी दिइन्।
उपसभामुख देवका अनुसार सभामुख सरोजकुमार यादव काठमाडौंमा रहेकोले हाललाई बैठक स्थगित गरिएको हो। आजको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको थियो। त्यस्तै आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि बैठक पछि सारिएको हो।
मन्त्री यादव आफैँ प्रस्तावक भएकाले संकल्प प्रस्तावका बारेमा भएका छलफल सुन्नुपर्ने र जवाफ दिनुपर्ने भएकोले बैठकलाई स्थगित गरिएको जनाइएको छ।
मन्त्री साहले गत २६ माघमा पेस गरेको सो प्रस्ताव बारेमा छलफल गर्न प्रदेशसभाको बैठक आज अपराह्न २ बजेका लागि बोलाइएको थियो।
गत १ फागुनमा सो विषयमा छलफल गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै स्थगित भएको बैठक कार्यसूचीमा छलफल ९ दिनपछि पुनः सुरु हुने तय भएको थियो।









तपाईको प्रतिक्रिया