प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिवार पुनः छलफल हुने भएको छ ।
एमसीसीसँगको सम्झौता संसद्बाट पारित गर्ने सन्दर्भमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष एमालेसँग चरणवद्द छलफल गर्नुभएको छ ।
यथास्थितिमा सत्तारुढ गठबन्धनका दलहरुले एमसीसी पारित गर्न सहयोग गर्न नसक्ने अडान नछोडेपछि देउवाले एमालेको साथ खोज्नुभएको हो ।
शुक्रबार राति पनि देउवासहित कांग्रेस नेताहरुले बालकोट पुगेर एमाले अध्यक्षसहित एमाले नताहरुसँग छलफल गरेका थिए ।
बिहीबार र शुक्रबार विभिन्न चरणमा भएका छलफलमा सहमति जुट्न नसकेपनि वार्ता भने जारी राख्ने सहमति भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीको भनाई छ । छलफलमा ओलीले आफ्ना माग पूरा नभएसम्म एमसीसी अनुमोदनको लागि सहयोग गर्न नसकिने बताउनुभएको ज्ञवालीले बताए ।
शुक्रवार दिनभर सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग छलफल गर्नुभएका प्रधानमन्त्री देउवाले पार्टीको आन्तरिक छलफल समेत राख्नुभएको थियो । त्यसलगत्तै ओलीलाई भेट्न बालकोट पुग्नुभएको थियो ।









तपाईको प्रतिक्रिया