काठमाडौं, फागुन १८ । नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ।
बुधबार(आज) सुन तोलामा १ हजार ९ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। योसँगै छापावाल सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुनको ९९ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तै आज चाँदी तोलाको ४० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।









तपाईको प्रतिक्रिया