TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

एमाले कित्तामा (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, दलमा चरम असन्तुष्टि


एमाले कित्तामा (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, दलमा चरम असन्तुष्टि
ADVERTISEMENT

जनकपुरधाम, फागुन १८ । आन्तरिक विवाद चुलिएको बेला लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहको निर्वाचनमा एमाले कित्तामा उभिने बताएका छन् ।


प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गरेका लोसपाले एमालेसितको निकट्तालाई कायमै राखेको छ ।स्थानीय तहको निर्वाचनमा उनले एमालेसित गठबन्धन हुन सक्ने संकेत गरेका छन् । महाशिवरात्रिको अवसरमा जलेश्वरनाथ मन्दिरमा दर्शन पूजाका लागि आएका ठाकुरले सञ्चारकर्मीहरुसित संक्षिप्त कुरागर्दै एमालेसित स्थानीय तहको चुनावमा गठबन्धन गर्ने संकेत गरे । वैशाख ३० गते स्थानीय तहको निर्वाचन देशैभर एकै दिन हुने घोषणा भइसकेको छ ।६ महिना पूर्व गठन भएको लोसपाले संगठन निर्माण भन्दा एमालेसित तालमेल गरी स्थानीय तहको चुनाव लड्ने तयारी गरेको छ । राष्ट्रिय राजनीतिमा लोसपा अन्योलमा रहेको छ ।एमसीसी पारित गर्ने पक्षमा रहेको लोसपा चुनावमा एमालेसित सहकार्य गर्ने बताउँदै आएको छ ।एमालेसितको सामीप्यता बढेसँगै ठाकुर निकट रहेका नेताहरु वृषेशचन्द्र लाल, डा।विजय कुमार सिंह लगायतले साथ छाडेर तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) लाई ब्यू“ताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्दै ठाकुर नेतृत्वको जसपाको तत्कालीन गुटबाट एक दर्जन नेता सांसद मन्त्री बनेका थिए ।जसपालाई विभाजन गर्न ठाकुरलाई सघाएका ओलीले स्थानीय तहको चुनावमा मधेशमा लोसपाको साथ खोजेका छन् ।
मधेशका जिल्लाहरुमा स्थानीय तह चुनावका लागि ओलीले पश्चिममा ह्रदयेश त्रिपाठी, मध्यमा ठाकुर र डा.सीके राउतसित गठबन्धन गर्न सक्ने बलियो संभावना रहेको छ ।ठाकुरले गठबन्धनको संकेत गरेका छन् ।तर राउत र त्रिपाठीले चुनावी तालमेलबारे धारणा सार्वजनिक गरिसकेका छैनन् । ‘स्थानीय तहदेखि प्रदेश र संघीय निर्वाचनमा पनि तालमेल हुन सक्छ’ ठाकुरले भने, आवश्यकता अनुसार गठबन्धनका लागि छलफल गरिनेछ । एमालेसित कुनै असन्तुष्टि नरहेको उल्लेख गर्दे ठाकुरले भने, वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा तालमेलको संभावना छ ।तर हाल कसैसित गठबन्धन भइनसकेको उनले खुलाए । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दल दर्ता गर्दा कार्यकारिणी समितिको बैठक नगरी पुरानै हस्ताक्षरको आधारमा आधिकारिक टिकटमा ठाकुरले आफ्नै हस्ताक्षर रहने प्रावधान राखेपछि विवाद चुलिएको छ ।ठाकुरले पार्टीमा मनपरी गर्न थालेको आरोप लगाउँदै वरिष्ठ नेता राजेन्द्र महतो समूहले विरोध गर्न थालेका छन् ।महतोको काउण्टरमा वरिष्ठ नेता बनाइएका शरतसिंह भण्डारीलाई अहिले ठाकुरले च्यापेका छन् ।

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जसपाको बैठक अनिश्चितकालका लागि स्थगित

जसपाको बैठक अनिश्चितकालका लागि स्थगित

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य