काठमाडौं, फागुन २२ । नेकपा एमाले रोल्पाको अध्यक्षमा बालाराम बुढा चयन भएका छन्।
रोल्पाको त्रिवेणी गाउँपालिकामा शनिबार सम्पन्न जिल्ला अधिवेशनले पुनः बालाराम बुढाको अध्यक्षतामा ९१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो। उपाध्यक्षमा विजय घर्ती, सचिवमा अमृत बुढा, उपसचिवमा दीपक विष्ट र ठाकुरप्रसाद वली चयन भए।
केन्द्रीय कमिटीको निर्णय अनुसार गत पुस २३ गते अधिवेशन गर्ने तयारी गरिएको थियो। तर पार्टीका तत्कालीन जिल्ला सचिव निमप्रसाद रोकाको हृदयघातका कारण मृत्यु भएपछि अधिवेशन स्थगित गरिएको थियो।









तपाईको प्रतिक्रिया