जनकपुरधाम । युवा समाजसेवी एवं हिन्दू अभियन्ता जयकुमार यादवको एकल प्रयासमा सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय ४४ जना लाभान्वित भएका छन् ।
घरदैलोमै सेवा दिने उदेश्यका साथ आइतबार धनुषाको हँसपुर नगरपालिका ४ स्थित बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट ६ सय ४४ जना बिरामीले सेवा लिएका हुन् ।
सञ्चालन गरिएको उक्त शिविरमा आँखा, मुख तथा दाँत, नशा तथा हाडजोर्नी, स्त्री रोग तथा जेनरल फिजिसियन रोग सम्बन्धि प्रख्यात, दक्ष एवं अनुभवी ८ जना डाक्टरहरुको टोलीद्वारा जाँच गरिएको थियो ।
पालिकाको सुगामधुकरही स्थित पछ्यारी टोलको विद्यालयमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा उत्तल स्थानभन्दा बाहिरबाट आएकाहरुलाई समेत निःशुल्क जाँच र औषधि वितरण गरिएको थियो ।
सो शिविरबाट लाभान्वितमध्ये २६ जना बिरामीको मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया गरिने आयोजक युवा समाजसेवी यादवले बताए । उनले भने, सेवा नै धर्म हो, शहर बजारमा भएक अस्पतालसम्म पुग्न समस्या भएकाहरुलाई गाउँगाउँ गई घरदैलो मै सेवा दिन पाउँदा अत्यन्तै खुसि लागेको छ । वृद्धवृद्धाले आफ्नै आँगनमा स्वास्थ्य जाँच गराउन पाउँदा टाढा जानसपर्ने समस्याबाट जोगिएको यादवले बताए ।
स्वास्थ्य शिविर सञ्चालन हुँदा घरदैलोमै सेवा लिन पाउँदा उपस्थित सम्पूर्ण सेवाग्रही पूर्ण सन्तुष्ट भएका छन् । शारीरिक समस्या तथा आर्थिक अभावका कारण चेक जाँच र शल्यक्रिया गराउन नसकेकाहरुले शिविरबाट लाभान्ति भई खुसि हुँदै घर फर्किएका थिए ।
उक्त शिविरमा अँखा रोग विशेषज्ञ डा. सुभाषचन्द यादव, मुख तथा दाँत रोग विशेषज्ञ डा. राजिवकुमार सिंह, स्त्रि रोग विशेषज्ञ डा.रीना साह, नशा तथा हाडजोर्नी सम्बन्धि डा. रवि श्रीवास्तव तथा जेनरल फिजिसियन डा.राकेश यादव रहेका थिए भने सोही टोलीमा सहयोगी डाक्टरहरुमा डा.प्रकाशचन्द्र यादव,डा. दिपककिशोर चौधरी लगायतका डाक्टरहरुले सेवा प्रदान गरेका थिए ।
उक्त शिविरमा सोही वडाका वडा अध्यक्ष किशोरी यादव, जसपाका प्रदेश सदस्य देवकृष्ण मण्डल , लोसपाका नगर अध्यक्ष लालबाबु यादव, इलाका प्रहरी कार्यालयका इन्चार्ज लगायतकाको उपस्थिति रहेको थियो ।









तपाईको प्रतिक्रिया