मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज होली मनाईदैछ ।
शुक्रबार अन्तर गृह परिक्रमासँर्ग १५ दिवसीय माध्यमिकी परिक्रमा समापन भएको छ । जनकपुरधाममा अन्तर गृह परिक्रमाको भाली पल्ट होली खेलने चलन रहेकोले रंग, अबीर तथा पानी लिएर होली खेलिन्छ ।
रंग अबीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ यहाँ । बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ लगाएर मनाउने चलन छ ।
फागु अर्थात् होली सद्भाव र प्रेमका साथ शुक्रबार मधेसका जिल्लाहरुमा मनाइएको थियो । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट मधेसका जिल्लामा होली मनाउने चलन छ ।









तपाईको प्रतिक्रिया