जनकपुरधाम । राष्ट्रपति कार्यालयले मंगलबार रेल्वे अध्यादेश जारी गरेको छ ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा मंगलबार अध्यादेश जारी भएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले अध्यादेश जारी भएको एक विज्ञप्ति मार्फत जाकारी गराएका छन् ।
प्रवक्ता आचार्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेकी हुन् ।
रेल्वे अध्यादेश जारी गरेसँगै रेल सञ्चालनका लागि कानुनी बाटो खुल्ला भएको छ ।









तपाईको प्रतिक्रिया