जनकपुरधाम । लोकतान्त्रिक समाजावादी पार्टीको जनकपुरधाम वडा नम्बर ११ को इकाई कमिटी गठन भएको छ ।
सन्तोष कुमार साहको नेतृत्वमा आइतबार जनकपुरधामस्थित वडा नम्बर ११ को वडा स्तरीय कार्यकर्ता भेलामा १५ सदस्यीय इकाई कमिटी चयन भएको हो ।
उक्त कमिटीको अध्यक्षमा सन्तोषकुमार साहलाई चयन गरिएको छ भने उपाध्यक्षमा नगिनादेवी साह, सचिवमा नरेशकुमार साह, प्रचार सचिवमा रञ्जितकुमार, कोषाध्यक्षमा विजयशंकर साह, सदस्यहरूमा नन्दलाल साह, मञ्जुदेवी साह, सोभा मण्डल, रामसागरदेवी साहलगायत छन् ।
यसैगरी सल्लाहकारमा रामचन्द्र साह, कालीचरण प्रधान, सुरज साह र सुनिल साह रहेका छन् ।
उक्त भेलामा प्रदेश सांसद एवं प्रमुख सचेतक परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिताकुमारी मिश्र, नेता मनोज चौधरीलगायतको सहभागीता रहेको थियो ।









तपाईको प्रतिक्रिया