जनकपुरधाम । मधेस प्रदेशका जनयुद्धका शहीद परिवारहरुलाई एक कार्यक्रमकाबीच सम्मानसँगै आर्थिक राहत वापत एक लाखको चेक प्रदान गरिएको छ ।
जनकपुरधामस्थित मधेस भवनको सभा हलमा प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको मातहतमा रहेको मधेशी शहीद प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद मातृका यादवको आतिथ्यमा धनुषा जिल्लाका जनयुद्धका १०५ जना शहीद परिवारलाई आर्थिक अनुदानसहित सम्मान प्रदान गरिएको हो ।
नेता यादवले मधेश प्रदेशमा रहेका जनयुद्धका शहीद परिवारहरुलाई एक जुट भई संगठन निर्माण गर्न आग्रह गरेका छन । आइृतबार मधेशी शहीद प्रतिष्ठानद्वारा आयोजित जनयुद्धका शहीदको परिवारलाई सम्मान तथा चेक वितरण कार्यक्रममा नेता यादवले यस्तो आग्रह गरेका हुन् ।
उनले भने ‘ तपाईहरु एक जुट भई आए मात्र सरकारसँग अझ बढी सुविधा पाउन सजिलो हुनेछ ,अहिले कसैले पाउने कसैले नपाउने स्थिति देखिएको छ ।’
कार्यक्रममा बोल्दै मधेस प्रदेशका आन्तरिक मामिला मन्त्री भरतप्रसाद साहले अब जनयुद्धका शहीद परिवारले परिचयपत्र बनाई प्रदेशका अस्पतालमा ९० प्रतिशतसम्म छुटको व्यवस्था पाउने सरकारले नियम बनाईसकेको जानकारी गराए । जनयुद्धमा घाईते, अपाँग भएकालाई प्रदेश सरकारले विशेष ध्यान दिने बताए ।
जनयुद्धका प्रत्येक शहीद परिवारलाई मधेश प्रदेश सरकारले तीन÷ तीन लाख दिने निर्णय गरेकोमा आज पहिलो चरण अन्तर्गत जनही एक लाखको चेक हस्तान्तरन गरिएको हो ।









तपाईको प्रतिक्रिया