जनकपुरधाम। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा संयुक्त रुपमा जयनगर–कुर्था रेलसेवा उद्घाटन भएको छ ।
शनिबार नेपाली समय दिनको १२ः ५८ बजे प्रधानमन्त्री देउवा र मोदीले संयुक्त रूपमा हरियो झण्डा देखाएपछि रेलसेवा उद्घाटन भएको हो ।
प्रधानमन्त्रीद्वय देउवा र मोदीले दिल्लीस्थित हैदरावाद हाउसबाट औपचारिक रुपमा रेल सेवा उद्घाटनका लागि संयुक्त रुपमा उद्घाटन
गरेपछि जयनगरबाट कुर्थाको लागि रेल प्रथान भएको छ । भोली आइतबारबाट नियमित रुपमा रेल सञ्चालन हुनेछ ।









तपाईको प्रतिक्रिया