जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता एवं पूर्व मन्त्री शरतसिंह भण्डारीले पदका लागि नभएर अधिकार प्राप्तिका लागि निर्वाचनमा भाग लिन आग्रह गरेका छन् ।
आइतबार महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिकास्थित आयोजित पार्टी प्रवेशका कार्यक्रममा वरिष्ठ नेता एवं पूर्व मन्त्री भण्डारीले पदका लागि मात्र नभएर समान अधिकार प्राप्तिका लागि चुनावमा भाग लिन आग्रह गरेका हुन् ।
यसैबिच नेता भण्डारीले भन्नुभयो,‘जिएंगे तो मधेसके लिए मरेंगे तो मधेसके लिए वरिष्ठ नेता महन्थ ठाकुरले भन्नु भएको छ, त्यसैले आगामी हुने स्थानीय तहको निर्वाचनमा हामी उहाँको पथमा हिड्ने छौ र लोसपालाई विजयी गराउने प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।
नेता भण्डारीले,‘विभिन्न भाषा, विभिन्न भेष मिलेर बनेको नेपाल हो, त्यस्तै विभिन्न जातजाति मिलेर बनेको लोसपा लेनपाल हो , यहाँ दलित, मुस्लिम, आदिवासी जनजाती, विपन्न वर्ग लगायतको समान सहभागिता छ र समान अधिकार पनि छ, उनले भने ।
यस्तै सोही कार्यक्रममा प्रदेशसभा सदस्य जयनुल राईनले,‘ लोसपा नेपाल लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकोले लोहरपट्टी नगरपालिका आगामी निर्वाचनमा लसपामय हुने विश्वास व्यक्त गर्नुभयो ।
लोसपा नेपाल लोहरपट्टीका नगरसभापति रामसुहाग यादव (मुखिया)को अध्यक्षता आयोजित उक्त पार्टी प्रवेश कार्यक्रममा सयौं नेता तथा कार्यकर्ताले नेपाली काँग्रेस पार्टी परित्याग गरि लोसपा नेपालमा प्रवेश गरेका हुन् ।
उक्त कार्यक्रममा उपस्थिति नेता कार्यकर्ताहरुले लोहरपट्टी नपामा नेपाली काँग्रेसका निर्वाचित जनप्रतिनिधिको कामबाट असन्तुष्ट भएर लोसपा रोजेको बताए ।
उक्त पार्टी प्रवेश कार्यक्रममा प्रदेसभा सदस्य जयनुल राईन, जानकी शरण साह, सुरिता साह, मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डल लगायत हजारौको संख्यामा लोसपा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।









तपाईको प्रतिक्रिया