जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा समपन्न भएको मिथिला भोजन प्रतियोगिता तथा प्रदर्शनीमा प्रदेश नं. १ को दमकस्थित प्रिमियर कलेज अफ हस्पिटालीटी म्यानेजमेन्ट विजयी भएको छ ।
आइतबार जनकपुरधामस्थित आयेजित मिथिला भोजन प्रतियोगिता तथा प्रदर्शनीको प्रमुख अतिथि समाजसेवी बलराम महतो एवं विशिष्ट अतिथिका रुपमा बिबिसी मास्टर सेफ ‘रिम्याच’ का विजेता सन्तोष साहको उपस्थितिमा सम्पन्न घरेलु स्तरको मिथिला भोजन प्रतियोगिता तथा प्रदर्शनीमा प्रिमियर कलेज अफ हस्पिटालीटी म्यानेजमेन्ट विजयी भएको हो ।
उक्त मिथिला भोजन प्रतियोगितामा इटहरीको प्रिमियर होटल स्कुल अफ होटल म्यानेजमेन्ट फस्ट रनर अफ भएको छ भने सेकेन्ड रनर अफ सनसाइन स्कुल अफ होटल म्यानेजमेन्ट भएको छ ।
यस मिथिला भोजन प्रदर्शनी तथा प्रतियोगितामा इटहरी देखि दमक सम्मका हस्पिटालीटी मयानेजमेन्ट विद्यार्थीहरुले भाग लिएका थिए ।

सो प्रदर्शनी तथा प्रतियोगितामा विराटनगरबाट एम्स कलेज, बिर्तामोडबाट आर्दश स्कूल अफ म्यानेजमेन्टका छात्राछात्रहरुले विभिन्न थरीका मिथिला भोजन बनाउँदै आफ्नो पाककला प्रदर्शन गरेका थिए ।


उक्त कार्यक्रममा सहभागी निर्णायक मण्डलका सदस्यमा सेफ सन्तोष साह, इन्टरनेशनल सेफ टोम,सेफ एलेक्स वेब, सेफ फिल्ली अर्मिटेज मिफिन रहेका थिए
कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्रकुमार महासेठ, जनकपुरधाम उपमहानगरपालिकाका वडा नं. ७ का अध्यक्ष जानकीराम साह, वडा २ का अध्यक्ष शिवकुमार, टेस्ट अफ मिथिलाका सेफ महेश साहलगायतको सहभागिता रहेको थियो ।









तपाईको प्रतिक्रिया