जनकपुरधाम । मधेश प्रदेशको रौतहट जिल्लास्थित एक स्कूलका प्रधानाध्यापक (हेडमास्टर) र उनका सहयोगी तीन लाख रुपैयाँ घुससहित रँगेहात पक्राउ परेका छन् ।
रौतहटस्थित रहेको श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुर र उनका सहयोगी दिपेन्द्र कुमार झा तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टँगालबाट खटेको अख्तियारको टोलीले दुवै जनालाई घुस लिँदालिँदै रँगेहात पक्राउ गरेको जनाईएको छ ।
रौतहटको गौरस्थित रहेको जोकहा–घिउरास्थित रहेको सो विद्यालयको हेडमास्टर ठाकुर र सहयोगी झाले सो विद्यालयमा अध्ययापन गराउने दुई जना करार शिक्षकको समयावधि समाप्त हुन लाग्दा समावधि थप गर्नको लागि प्रति व्यक्ति डेढ लाख रुपैयाँ घुस मागेका थिए ।
शिक्षकको करार अवधि थप गर्ने वापत ३ लाख रुपैयाँ घुस मागेको गोप्य सूचनाको आधारमा तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा रँगेहात पक्राउ गरिएको हो ।
रौतहटको यमुनामाई गाउँपालिका –४ चन्द्रनिगाहपुर सररुअठ्ठा चोकस्थित दुवै जनालाई रँगेहात पक्राउ गरिएको अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार मुचुल्का उठाएपछि दुवै जनालाई आजै अख्तियारको केन्द्रीय कार्यालय टँगाल लगिनेछ ।
आयोगले जारी गरेको विज्ञप्तिः










तपाईको प्रतिक्रिया