TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

विद्युत प्राधिकरद्वारा एकै पटक २० वटा विद्युतीय कार खरिद


विद्युत प्राधिकरद्वारा एकै पटक २० वटा विद्युतीय कार खरिद
ADVERTISEMENT

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकै पटक २० वटा विद्युतीय कार खरिद गरेको छ । इन्धनको मूल्य बढेपछि प्राधिकरणले विद्युतीय गाडी खरिद गरेको जनाएको छ । इन्धनको विकल्पमा विद्युत अनिवार्य बनेको छ ।


डिजल, पेट्रोल र ग्याँस खरिदबाट खरबौं रुपियाँ विदेसिन कम गर्दै स्वदेशमै उत्पादित विद्युतको खपत बढाउन प्राधिकरणले २० वटा नेक्नस इभी कार खरिद गरेको प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए ।

विद्युत खपतको लक्ष्य राखेसँगै विद्युतीय सवारी र इन्डक्सन चुल्हो प्रयोगलाई बढावा दिएको उनले बताए । इन्धनबाट गुड्ने गाडीलाई विस्थापित गरी विद्युतीय गाडी प्रयोगमा वृद्धि गर्ने प्राधिकरणको योजना रहेको भट्टराईले बताए । एकै पटक धेरै वटा विद्युतीय सवारी खरिद गर्ने सरकारी निकायमा प्राधिकरण नै पहिलो रहेको जानकारी दिनए ।

सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएसँगै प्राधिकरण यस अघि पनि विद्युतीय कार खरिद गरिसकेको जनाएको छ । तर अन्य सरकारी कार्यालयहरुमा भने कार्यान्वयन चरणमा आउन सकेको छैन ।

डिजल र पेट्रोलको मूल्य अत्याधिक वृद्धि भएपछि भने केही सरकारी निकाय र निजी क्षेत्रले सवारी खरिद र प्रयोग बढाउँदै आएको पाइएको छ । वातावरणमैत्री सवारीलाई स्वदेशमै उत्पादन गर्दै विद्युतको खपत बढाउन प्रोत्साहन मिलेको प्राधिकरणले जनाएको छ ।

सरकारले विद्युतीय सवारीमा लाग्ने करमा सहुलियत दिएसँगै विद्युतीय सवारीको प्रयोग तथा आयात समेत बढ्न थालेको तथ्याङ्क छ । निजी क्षेत्रले मात्र नभएर सरकारी निकायहरूले समेत विद्युतीय सवारीको प्रयोग बढाउन थालेका छन् ।

इन्धन प्रयोगवापत् राज्यकोषको अरबौं रकम समेत बच्ने भएको छ । भञ्सार विभागको तथ्याङ्कअनुसार नेपालमा हाल ४० हजार बढी विद्युतीय सवारीसाधन भित्रिएर सञ्चालनमा छन् । पाँच वर्ष यता मात्र विद्युतीय सवारी २७ हजार ५३४ वटा आयात भएका छन् ।

यता, गाडी, कार र स्कुटरको आयात भने वार्षिक रुपमा वृद्धि हुँदै आएको पाइएको छ । अघिल्लो वर्ष एक हजार २३४ र चालु आर्थिक वर्षको चार महिनामा चार हजार ७५ वटा विद्युतीय सवारी साधन आयात भएका छन् ।

वैकल्पिक प्रविधि विद्युत बनेसँगै बीएमडब्लू, टोयोटा, फियाट, किया, मर्सिडिज, बेन्ज, होन्डा, रेनो, निसान, फक्सवागन, मित्सुबिसी र सेब्रोलेजस्ता चर्चित अटोमोबाइल कम्पनीहरूले विद्युतीय सवारीसाधन निर्माणलाई तीव्रता दिइएको पाइन्छ ।

विद्युतीय सवारी प्रयोगमा चीन विश्वमै पहिलो स्थानमा रहेको वर्ल्ड इकोनोमिक फोरमले उल्लेख गरेको छ । चीन, भारत र युरोपेली मुलुकले इन्धनका सवारी प्रयोगलाई विस्थापित गरी विद्युतीय सवारीसाधन प्रयोग गर्ने घोषणा गरिसकेका छन् ।

त्यसैले, सवारी प्रयोगको नीति, मापदण्ड र पूर्वाधार निर्माणमा राज्यले थप चासो दिनुपर्ने अवस्था आएको छ । वायु प्रदूषणको दर उच्च भएपछि २०७३ माघ २५ गते राष्ट्रिय योजना आयोगले सरकारलाई तत्काल वातावरणमैत्री यातायात नीति ल्याएर विद्युतीय सवारीसाधनको प्रयोग बढाउन निर्देशन दिइसकेको छ ।

सरकारले यसअघि २०२० सम्म २० प्रतिशत विद्युतीय सवारी पु¥याउने लक्ष्य सम्पन्न हुने अवस्थामा रहेको जनाएको छ । वातावरणमैत्री सवारी नीतिअनुसार सन् २०२० सम्म विद्युतीय सवारी २० प्रतिशतभन्दा बढी पु¥याउने उल्लेख थियो ।

सन् २०१८ मा पेरिसमा आयोजना भएको जलवायु परिवर्तन तथा ऊर्जा सम्मेलनमा नेपालले सन् २०२० सम्म विद्युतीय सवारीलाई २० प्रतिशतले वृद्धि गर्ने प्रतिबद्धता जनाएको थियो । साभार गोरखापत्र अनलाईन

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
Next Post
निर्वाचन आयोगको निर्देशिका सच्याउन डा. देउवाको आग्रह

निर्वाचन आयोगको निर्देशिका सच्याउन डा. देउवाको आग्रह

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य