जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले धर्मेन्द्र यादवको एकल नाम सिफारिस गरेको छ ।
नगरकमिटीले गाउँपालिका अध्यक्षमा यादवलाई पार्टीको तर्फबाट एकल उम्मेदवार बनाउन सिफारिस गरेको हो ।
शनिबार बसेको नेकपा माओवादी केन्द्र मुखियापट्टी मुसहरनिया गाउँपालिकाको बैठकबाट बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा त्यस पालिकामा माओवादी केन्द्रको तर्फबाट यादवलाई अध्यक्ष पदको लागि उम्मेदवार बनाउने सर्वसहमति निर्णय गरिएको हो ।
अध्यक्ष पदका उम्मेदवार धनुषा जिल्ला एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष एव जिल्लाकै बटेश्वर गाउँपालिकास्थित श्री शिवशक्ति बटेश्वर माविका मावि शिक्षक हुन् ।
नगरकमिटीको बैठकले यादवलाई अध्यक्षको उम्मेदवार बनाउन पार्टीको जिल्ला समन्वय समिति र प्रदेश कमिटीलाई सिफारिस गरेको नेकपा माओवादी केन्द्रको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको नगर कमिटीका अध्यक्ष महेश यादवले जानकारी दिए ।
प्रदेश कमिटी तथा जिल्ला समन्वय समितिका सदस्य, पार्टीका विभिन्न आयोग र विभागका सदस्य, सल्लाहकार, नगर कमिटीका पदाधिकारी सहितको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको उनले बताए ।









तपाईको प्रतिक्रिया