पर्सा । पर्सामा स्थानीय निर्वाचनमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी बिच गठबन्धन नहुने भएको छ ।
कांग्रेस र जसपाले एक्ला एक्लै चुनावमा भाग लिने जनाएपछि सत्ता गठबन्धन नहुने भएको हो ।
नेपाली कांग्रेस पर्साका सभापति जनाद्र्धन सिंह क्षेत्री र जसपाका सभापति रामनरेश यादवले शनिबार प्रेस बिज्ञप्ती जारी गर्दै बीरगन्ज महानगरपालिका र १३ वटा पालिकामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको जानकारी गराएका हुन् ।
कार्यकर्ताहरुको भावना अनुरुप नेता र कार्यकर्ताहरुको मनोबल उच्च राख्न स्थानीय तहको निर्वाचनमा पर्साको १४ वटा पालिकामा मित्रवत प्रतिस्प्रर्धा गर्ने निर्णयमा दुबै दल पुगेको सभापति सिंह र यादबले विज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ ।
कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले यी दुई पार्टीको कार्यकर्ताहरुको भावना अनुरुप निर्वाचनमा एक्लै जाने निर्णयले केन्द्रीय नेतृत्वलाई निर्णय लिन सहज वातावरण बनाई दिएको बताए ।









तपाईको प्रतिक्रिया