जनकपुरधाम । धनुषास्थित जनकनन्दनी गाउँपालिकाका निवर्तमान अध्यक्ष अब्दुल बारिक शेषको निधन भएको छ ।
करिब ६० वर्षको उमेरमा निवर्तमान अध्यक्ष शेषको शनिबार निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित भएको स्थानीयले बताएका छन् ।
मृतको इस्लाम धर्मअनुसार वैशाख २५ गते बिहान अन्त्येष्टि गरिने जनाएको छ ।
अब्दुल बारिक शेष २०७४ सालमा नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
पार्टीले पुनः आफुलाई उम्मेदवार बनाउने आशामा उनले वैशाख १० गते अध्यक्ष पदबाट राजिनामा राजीनामा दिएका थिए ।









तपाईको प्रतिक्रिया