जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ मा नेपाली काँग्रेसको प्यानल नै निर्वाचित भएको छ ।
सो वडामा काँग्रेसका शिवकुमार साह ६११ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अशोककुमार गुप्ताले २९५, नेकपा एमालेका सन्तोषकुमार साहले १५७ मत ल्याएका छन् ।
नवनिर्वाचित अध्यक्ष साह २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत सोही पदमा निर्वाचित भएका थिए ।
यस्तै सदस्यमा सितादेवी साह, धनेश्वरी मुखिया, अमितकुमार साह र महोश खत्वे विजयी भएका छन् ।









तपाईको प्रतिक्रिया