काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बुद्ध जन्मस्थल लुम्बिनी प्रस्थान भएका छन् । उनी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर लुम्बिनी पुगेका हुन् ।
लुम्बिनीमा भोलि हुने बुद्धपूर्णिमाको कार्यक्रमकै तयारी र पाहुनाको स्वागतका लागि प्रधानमन्त्री देउवा, पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आलेसहितको टोली लुम्बिनी पुगेको हो ।
प्रधानमन्त्री देउवा आज लुम्बिनीमा बस्नेछन् । भोलि बिहान ७ बजे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
त्यसलगत्तै दिनभर लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितको मूल कार्यक्रम हुनेछ ।









तपाईको प्रतिक्रिया