काठमाडौं । सोमबार दिउँसो ४ बजेसम्म स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले ५९ स्थानमा जित हाँसिल गरेको छ ।
अहिलेसम्म सार्वजनिक १३४ स्थानीय तहको मतपरिणामअनुसार कांग्रेस पहिलो स्थानमा छ । निर्वाचन आयोगको केन्द्रिकृत डाटामा समाविष्ट भएको विवरणअनुसार नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन् ।
कांग्रेस आठ प्रमुख र ५१ अध्यक्षसहित ५९ पालिकामा विजयी भएको छ । कांग्रेसले पाँच उपप्रमुख र ५७ उपाध्यक्षमा जित हासिल गरेको छ ।
त्यसैगरी एमाले तीन प्रमुख र ४० अध्यक्षसहित ४३ पालिकामा विजयी भएको छ भने माओवादी केन्द्र एक प्रमुख र २६ अध्यक्षसहित २७ पालिका विजयी भएको छ ।
आयोगका अनुसार एमाले पाँच उपप्रमुख र ३४ उपाध्यक्षमा विजयी भएको छ । माओवादी केन्द्र दुई उपप्रमुख र १९ उपाध्यक्षमा विजयी भएको छ ।
नेकपा (एकीकृत समाजवादी)ले दुई अध्यक्ष र छ उपाध्यक्ष जितेको छ । अन्य दलले दुई अध्यक्ष र पाँच उपाध्यक्ष जितेका छन् । यस्तै नेपाल मजदुर किसान पार्टीले एक प्रमुख र एक उपप्रमुख जितेको छ ।









तपाईको प्रतिक्रिया