सर्लाही । हरिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गोपाल पंजियार निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न भएको मतगणनापछि निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सुनिल बुढाथोकीलाई ३ हजार ५१ मतले पछि पार्दै पंजियार नगरप्रमुखमा निर्वाचित भएका हुन् ।
नगरप्रमुखमा निर्वाचित पंजियारले ६ हजार ९३८ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रका बुढाथोकीले तीन हजार ८८७ मत मात्रै प्राप्त गरेका छन् ।
यस्तै, हरिपुर नगरपालिकाको उपप्रमुखमा पनि नेपाली कांग्रेस नै विजयी भएको छ । उपप्रमुखमा कांग्रेसकी निलम राय यादव पाँच हजार ५८३ मत ल्याएर विजयी भएकी हुन् । उनकी प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) की शिला कार्कीले ४ हजार ७६ मत मात्रै ल्याईन् ।
नौ वटा वडा रहेको हरिपुरमा नेपाली कांग्रेसले वडा नं. ५, ६ र ७, नेकपा माओवादी केन्द्रले वडा नं. १ र ३, नेकपा एमालेले वडा नं. २ र ४, नेकपा (एकीकृत समाजवादी) ले वडा नं. ८ र ९ मा जित हाँसिल गरेका छन् ।









तपाईको प्रतिक्रिया