महोत्तरी । महोत्तरीको मनरा शिसवा नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
नगर प्रमुखमा काँग्रेसका मोहन पाण्डे ५ हजार ८८४ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उपप्रमुखमा शकुन्तला देवी ५ हजार ७४५ मत प्राप्त गरी निर्वाचित भएकी हन् । प्रमुखमा विजयी पाण्डेका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका महेन्द्र रायले ४ हजार ९२० मत पाएका थिए ।
त्यस्तै उपप्रमुख शकुन्तला देवीकी प्रतिद्वन्दी जसपाकी निर्मलाकुमारी देवी सिंहले ४ हजार ८४२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय मनरा शिसवाले जनाएको छ ।









तपाईको प्रतिक्रिया