रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार इस्तियाक अहमद खानलाइ निर्वाचित भएका छन् ।
उम्मेदवार खानले ९ हजार १३४ मत प्राप्त गरी निर्वाचित भएको रुपन्देहीको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए । उनले आफ्नो निकटतम प्रतिस्पर्धी राप्रपाका मेयरका उम्मेदवार सागर प्रताप राणालाई ९९७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । राणाले ८ हजार १३७ मत प्राप्त गरे ।
यस्तै, उपप्रमुखमा भने एमालेको उम्मेदवार उमा अधिकारीले ८ हजार ८१३ मत ल्याएर विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी राप्रपाको उम्मेदवार विनिता गुप्ताले ६ हजार ५४४ मत प्राप्त गरिन् ।









तपाईको प्रतिक्रिया