जनकपुरधाम । धनुषा जिल्लास्थित हंसपुर नगरपालिकाका नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार प्रदिपकुमार यादव निर्वाचित हुनु भएको छ ।
पालिका प्रमुख कांग्रेसका उम्मेदवार यादव ४ हजार ४०९ मतले निर्वाचित हुनुभएको हो । यादवका निकटतम प्रतिद्वान्दी नेकपा माओवादीका सुनिलकुमार यादवले भने २ हजार ९११ मत प्राप्त गर्नु भएको छ ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार हंसपुर नगरपालिकाका निवर्तमान प्रमुख रामज्ञान मण्डलले २ हजार ९१५ मत प्राप्त गरी क्रमवद्ध रुपमा तेस्रो स्थानमा हुनुहुन्छ ।
यसैगरी उपप्रमुख पनि काँग्रेसकै उम्मेदवार दुर्गा देवी निर्वाचित हुनु भएको छ । उहाँले ४ हजार ४६५ मत प्राप्त गर्नु भएको भने उप प्रमुखका निकटतम प्रतिद्वन्दी लोसपाका उम्मेदवार दिपिका क्षेत्रीले २ हजार ९०३ मत प्राप्त गर्नु भएको छ ।
९ वटा वडा रहेको उक्त पालिकामा ३ वटा वडा काँग्रेस, २ वटा लोसपा, एक एमाले, एक माओवादी, एक नेकपा एस र एक वडामा जनता समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।
पालिकाको वडा नम्बर १ मा जसपाका उम्मेदवार रामदेव कापड २६२ मत, वडा नं. २ मा काँग्रेसका जयनारायण कापडि १ हजार १७५ मत, वडा नं. ३ मा लेसपाका यदय कुमार सिंह ७६५, वडा नं. ५ मालोसपाका लालबाबु यादव ८५६ मत, वडा नं. ५ मा काँग्रेसका रामवली मण्डल ६२१ मत, वडा नं. ६ मा माओवादीका सुरेन्द्रकुमार मण्डल ५१७, वडा नं. ७ मा एमालेका मो.हैजरत आलम ४५७८ मत, वडा नं. ८ मा नेकपा एसका देवनारायण मण्डल केवट ६५३ मत र वडा नं. ९ मा काँग्रेसका प्रदिपकुमार मण्डल केवट निर्वाचित हुनुभएको छ ।









तपाईको प्रतिक्रिया