जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा प्रमुख र उपप्रमुखमा नेकपा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार नगर प्रमुखमा कारीराम यादव र उपप्रमुखमा रहिमा खातुन निर्वाचित भएका हुन् ।
प्रमुखमा निर्वाचित यादवले ४ हजार २१२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जगत सुन्दर साहले ४ हजार ७६ मत पाएका छन् ।
यस्तै उपप्रमुखमा पनि माओवादीकी उम्मेदवार खातुनले ४ हजार ६९९ मत पाएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)की किरणकुमारी कापरले ३ हजार ६०४ मत प्राप्त गरेकी हुन् ।









तपाईको प्रतिक्रिया