जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार एवं निवर्तमान नगर प्रमुखलाई पराजित गर्दै नेकपा (एमाले) का उम्मेदवार निर्वाचित हुनु भएको छ ।
नगर प्रमुखमा एमालेका उम्मेदवार सुखदेव यादव ६१३ मतान्तरले निर्वाचित हुनु भएको छ । प्रमुखमा निर्वाचित यादवले ७ हजार ९१३ मत प्राप्त गर्नुभएको छ भने यादवका प्रतिद्वन्दी निवर्तमान प्रमुख तथा काँग्रेसका जिल्ला सभापति समेत रहनु भएका योगेन्द्र पजियार(योगी) ले सात हजार ३०० मत प्राप्त गर्नु भएको छ ।
यस्तै, उपप्रमुखमा काँग्रेसकी उम्मेदवार रचना श्रेष्ठ सात हजार ५५० मतले निर्वाचित हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्दी एमालेकी सलिना चौधरीले सात हजार ५११ मत प्राप्त गर्नु भएको निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।









तपाईको प्रतिक्रिया