जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल र उपमेयरयमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
भंगहा नगरपालिकाको प्रमुखमा लोसपा नेपालका संजिव साह र उपप्रमुखमा नेपाली काँग्रेसका शान्तिकुमारी सिंह निर्वाचित भएका हुन् ।
भंगहा नगरपालिकामा निर्वाचित भएका प्रमुख साह दोस्रो पटक निर्वाचित भएका हुन् । प्रमुख साहले ५ हजार ६१७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजय कुमार मण्डल ५ हजार ३५४ मत प्राप्त गरेका छन् ।
यस्तै, उपप्रमुख सिंह ५ हजार ७७५ मत ल्याएर निर्वाचित निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी उम्मेदवार गंगा कुमारीले ५ हजार ३५५ मत प्राप्त गरेकी हुन् ।









तपाईको प्रतिक्रिया