महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा सुरेश साह सोनार र उपप्रमुख पदमा रौशन खातुन विजयी भएका हुन् ।
जसपाका सोनारले ७ हजार ३०६ मत पाउँदै प्रमुखमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार रामशंकर मिश्रले ५ हजार ४३० मत पाएका छन् ।
यसैगरी उपप्रमुख पदमा विजयी जसपाकी उम्मेदवार रौशन खातुले ५ हजार ८२३ मत पाएकी छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार मन्चुन देवीले ४ हजार ९०१ पाएकी छन् ।









तपाईको प्रतिक्रिया