आउने १० वर्षभित्र कूल जनसंख्याको कम्तीमा ५० प्रतिशत घरधुरीमा विद्युतीय चुलो प्रयोग गरी स्वच्छ भान्साको विकास गर्ने अभियानमा विभिन्न क्षेत्रका गैरसरकारी संस्थाहरूले हातेमालो गरिरहेका छन् ।
यसै सन्दर्भमा मधेश प्रदेशको राजधानी जनकपुरधास्थित सोमबार क्लिन कुकिङ्ग एलायन्सकोे आयोजनामा बजेटमा खाना पकाउने सफा उर्जा र नीतिगत सवाल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा विद्युतीय चुल्होको आवश्यकता, औचित्य र महत्व बारे छलफल गर्दै नेपालमा विद्युत खपत बढाउन निकै चर्चामा ल्याइएको इ–कुकिङ अर्थात् भान्छामा विद्युतीय चुलोको प्रयोगलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइएको चर्चा समेत गरिएको छ ।
विद्युतीय चुल्होलाई प्राथमिकतामा राख्दै एलपिजीमा १५ रुपियाँ ३१ पैसामा खाना पाक्छ भने विद्युतीय चुल्हो (इनडक्सन) मा १२ रुपियाँ ७७ पैसामा पाक्ने विभिन्न अध्ययनले देखाएको छ । त्यसैले विद्युतीय चुल्हो सस्तो र सफा विद्युतीय चुल्हो प्रयोगमा ल्याउन नेपाल उर्जा प्रतिष्ठानले जोड दिएको छ ।
नेपालमा प्रायजसो खाना पकाउनका लागि परम्परगत उर्जा अथवा विदेशी ग्यासमा निर्भर हुनु परेको छ । परम्परागत चुल्होमा खाना पकाउँदा स्वास्थ्यमा समस्या हुने र विदेशी उर्जा (ग्यास) मा निर्भर हुँदा आर्थिक समस्यासँग जुध्नु परेको छ ।
यो अवस्थामा सुधार ल्याउनका लागि सरकार र निजी क्षेत्र एवं गैरसरकारी संस्थाका तर्फबाट धुवाँमुक्त भान्छातर्फको अभियान अगाडि बढाइएको छ । ऊर्जाको भरपर्दो विकल्पका रुपमा विद्युतीय चुल्होको प्रवद्र्धनका लागि नीतिगत व्यवस्था भई व्यावहारिक रुपान्तरणतर्फ अगाडि बढेको छ ।
परम्परागत उर्जामा खाना पकाउँदा निमोनिया, फोक्सोको क्यान्सर, दम, मुटुरोग, क्षयरोग र श्वासप्रश्वाससम्बन्धी रोगबाट हजारौँ नेपाली प्रभावित भएका छन् । त्यसबाट महिला तथा बालबालिका बढी प्रभावित भएका छन् भने विदेशी उर्जाको प्रयोगले आर्थिक भार थेग्न हम्मे परेको छ ।
त्यसैले नेपालको उर्जा क्षेत्रमा भएको प्रगतिलाई मध्यनजर गर्दै सरकारले ‘विदेशी ग्यास छाडौं, स्वदेशी बिजुली प्रयोग बढाऔं’ भन्ने नारालाई आत्मसाथ गरेको छ । सरकारले सन् २०३० सम्ममा २५ प्रतिशत घरधुरीमा विद्युतीय चुल्होको प्रयोग रणनीतिक लक्ष्य तय गरेको छ ।
नेपाली भान्सामा विशेषगरी इनडक्सन चुल्हो, राइस कुकर, विद्युतीय ओभन, तातो प्लेट, विद्युतीय तावा, किट्ली, कफी मेकर, रोस्टर, रेफ्रारेट चुल्हो, विद्युतीय प्रेसर कुकर, एयार फयर, रोटी मेकर जस्ता सामग्री प्रयोगमा रहेको वैकल्पिक उर्जा विज्ञ दिल्ली घिमिरेले प्रस्तसुतीमा देखाएका थिए ।
त्यसैगरी कार्यक्रममा सहभागीहरुले विद्यतीय चुल्होका लागि २४ औं घण्टा विद्युत हुनुपर्ने, सहज किसिमले विद्युत चुल्हा उपलब्ध हुनुपर्ने लगायतका जिज्ञासाहरु राखेका छन् ।
जानकी महिला जागरण समाज र नेपाल उर्जा प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको सो कार्यक्रममा देशका विभिन्न जिल्लामा गरिएको अध्ययन, विद्युतीय चुलो प्रयोगको अवस्था, स्थानीयबासीको जागरुकता तथा भान्छाको ऊर्जा प्रयोगमा आएको परिवर्तनका विषयमा जानकारी दिइएको थियो ।
सो कार्यक्रममा विद्युत कार्यालयका प्रमुख, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष राजेश कुमार कर्ण तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।









तपाईको प्रतिक्रिया