काठमाडौं । साथीहरुको कुटपिटबाट उदयपुर तामिल्छा–८ का अरुण खत्रीको मृत्यु भएको छ ।
कीर्तिपुरस्थित ढल्पा जाने सडकमा केही युवकहरुबीच झगडा भइरहेको सूचना सोमबार प्रहरी बृत्त कीर्तिपुरमा आएको थियो । बृत्तका डीएसपी पुरुषोत्तम पाण्डेका अनुसार दुई जना युवकले अरुणलाई कुटिरहेका थिए ।
हालः चन्द्रागिरी नगरपालिका–१० बोसिगाउँ बस्ने उदयपुर तामिल्छा नगरपालिका–८ घर भएका २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जना प्रक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन रहेका छन् ।
कुटपिटबाट गम्भीर घाइते भएका अरुणको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। प्रहरीले अरुणलाई तत्कालै उद्धार अस्पताल पु¥याए पनि टाउको र छातीमा गम्भीर चोट लागेका कारण उनको मृत्यु भएको थियो ।
मृतकको झोलाबाट नियन्त्रित लागूऔषध डाइजापाम ३१ एम्पुल, फेनारगन ६४ एम्पुल र नुरफिन ७२ एम्पुल प्रहरीले बरामद गरेको छ ।
प्रकाउ परेका अजय र सन्तोषले अरुणलाई कुटपिट गरी लागुऔषध खोसेको देखिन्छ ।
प्रहरीले लागुऔषके विषयलाई केन्द्रीत गरेर थप अनुसन्धान गरिरहेको बताएको छ । मृतक अरुणको घरमा एक श्रीमती र छोरी रहेका छन्।









तपाईको प्रतिक्रिया