TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मधेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक


मधेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक
ADVERTISEMENT

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका गरेका हुन् ।
नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, कृषि र रोजगारी क्षेत्रमा महत्तवपूर्ण योजना सरकारले ल्याएको छ ।
सरकारले आगामी वर्षको लागि अधिकांश नयाँ योजना ल्याएका छ भने केही पुराना योजना र परिमार्जित योजना समावेश गरेका छ । भौतिक पूर्वाधारसँग सम्बन्धित सबैभन्दा बढी पुराना योजना राखिएको छ भने शिक्षा क्षेत्रमा नयाँ र परिमार्जित योजना ल्याएका छन् ।
सरकारले मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गतको साइकल वितरण कार्यक्रममा केही परिमार्जन गरेको छ ।
सरकारले विगतको वर्षमा आफै साइकल वितरण गर्ने गरेको थिए । तर, आगामी आर्थिक बर्ष देखि विद्यालयलाई साइकल खरिदको लागि अनुदान रकम पठाउने योजना नीति तथा कार्यक्रममा राखिएको छ । यद्यपी यस अभियान अन्तर्गतका छोरी बीमा, छात्रवृत्ति, लोक सेवा आयोग तयारी कक्षा जस्ता योजना सञ्चालन हुने उल्लेख गरिएको छ । ‘यस कार्यक्रमलाई निन्तरता दिँदै यस अभियान अन्तर्गत कक्षा आठमा अध्ययनरत्त छात्राहरुलाई साइकल खरिदको लागि सम्बन्धित विद्यालयमा अनुदान रकम उपलब्ध गराईने, उक्त नीति तथा कार्यक्रममा उल्लेख छ ।


यस्तै, शिक्षामै सरकारले कक्षा १२ मा अध्ययनरत छात्राहरुलाई कम्पुयटर प्रविधिमा पहुँच पु¥याउन एक थान ल्यापटप सहयोग स्वरुप उपलब्ध गराइने योजना पनि ल्याएको छ । यी कार्यक्रमको नियमित अनुगमन गर्ने जिम्मा सामाजिक विकास मन्त्रालयलाई दिइएको छ । शिक्षा क्षेत्रमै मटिहानी संस्कृत विद्यालयलाई संस्कृत बिषयक अन्तराष्ट्रिय स्तरको अध्ययन र अनुसंधान केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
लक्ष्य पूरा गर्नका लागि आवश्यक पूर्वाधार, कानूनी ब्यवस्था र संस्थागत व्यबस्था गर्ने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै, भौतिक पूर्वाधार क्षेत्रमा सरकारले सात वटा महत्तवपूर्ण योजना समावेश गरेका छन् । सरकारले एक निर्वाचन क्षेत्र एक सडक, सडक सुधार योजना, मधेश शहिद राजमार्ग, विद्यापती राजमार्ग, प्रादेशिक झोलुङगे पुल र महेन्द्र नारायण निधि विपन्न अवास योजनालाई पूर्वाधार क्षेत्रमा प्राथमिकता दिएको छ । यस क्षेत्रमा बढी चालु वर्षकै योजनालाई निरन्तरता दिइएको छ । प्रदेश सरकारले गरिव विपन्न तथा कुनै नियमित आय श्रोत नभएका परिवारलाई पहिचान परिचय पत्रको अधारमा जीवन निर्वाह खर्च रकम उपलब्ध गराईने योजना ल्याएको हो । बेरोजगार युवाहरुलाई नव उद्यमी कार्यक्रम तथा स्वरोजगार कार्यक्रम पनि सञ्चालन गर्ने योजना समावेश गरिएको छ । गरिव, विपन्न तथा बेरोजगारलाई लक्षित गरी सरकारले गरि खाने अभियान सञ्चालन गर्ने नीति लिएको छ । यस्ता योजनालाई सार्थकता दिन प्रादेशिक लगानी केन्द्र गठन गरिने छन् । सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रममार्फत महत्वकांक्ष योजना ल्याएपनि कार्यान्वयनका कमजोर देखिने गरेको छ ।

प्रत्येक वर्ष सरकारको ५० प्रतिशतभन्दा बढी रकम फ्रिज हुने गरेको छ । चालु आर्थिक वर्षमा पनि जेठ १५ गते सम्म मात्र ३१ प्रतिशत बजेट सरकारले खर्च गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतवारदेखि शुरु हुने

बजेटको मन्त्रालयगत शीर्षकमाथि आजदेखि छलफल हुने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य