TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

न्याय खोज्दै निहारिका काठमाडौं पुगिन्


न्याय खोज्दै निहारिका काठमाडौं पुगिन्
ADVERTISEMENT

जनकपुरधाम । वसन्तपुर दरबार स्क्वायरमा अक्सर मानिसहरूको बाक्लो चहलपहल हुने स्थानमा दुई दिनदेखि यहाँको एउटा कुनामा नयाँ पाल टाँगेर दुधे बालक लिएर कुमारी आमा अनशनमा बसेकी छिन् । ती दुधे बालक छेउमा राखेर लडिरहेका छन् भर्खरका दुई युवती ।


अनशनमा बसेकी ती कुमारी आमा हुन् निहारीका जो अविवाहित आमा बन्न बाध्य भइन् । दुई वर्षे दुधे बालकको साथमा न्याय माग्दै आज उनी काठमाडौं पुगेकी छिन् । त्यो बच्चाको बाबुले आफूलाई बलात्कार गरेको आरोप निहारिकाको छ ।

तर, जिल्ला धनुषाले आरोपीलाई सफाइ दिएपछि उनी आक्रोशित छिन् । उनी न्याय माग्दै निकै भौँतारिइन् । उच्च अदालतमा पुनरावेदन पनि गरिन् । तर, चार महिनासम्म मुद्दाको पेशी नै नतोकिएपछि निहारिका विक्षिप्त बनेकी छन् । र, संघर्षको सबैभन्दा कठोर रूप आमरण अनशन रोज्न पुगिन् ।

आमरण अनशनमा निहारिकालाई साथ दिइरहेकी युवती हुन् जश्मिन ओझा । निहारिकाकै उमेरकी हुन् उनी । कम उमेरमै उनले थुप्रै पीडित महिलाहरूलाई न्यायको ढोका ढकढकाउन सघाएकी छन् ।

अहिले उनी निहारिकाको लडाइँमा साथ दिन आफैँ आमरण अनशन बस्न तयार भइन् । न्यायको प्रत्याभूति नभएसम्म यो संघर्षबाट पछि नहट्ने बताउँछिन् जश्मिन ।

निहारिका र जश्मिनले गत शुक्रवारबाट माइतीघरको खाली सडकमा बसेर अनशन सुरु गरेका थिए । तर, राति प्रहरीले उनीहरूलाई त्यहाँबाट जबरजस्ती उठायो ।

निहारिकाको हातमा हतकडी नै लगाएर उनीहरूलाई सिंहदरबार वृत्तमा पु¥याइएको थियो । भोलिपल्टदेखि उनीहरू वसन्तपुरमा बस्न थालेका हुन् ।

दुवै युवती अहिले शारीरिक रुपमा गलेका छन् । तर, उनीहरूको अठोट गलेको छैन । बच्चाको डीएनए टेस्ट गर्नुपर्ने तथा मुद्दाको पेशी तोक्नुपर्ने मागबाट पछि नहट्ने मनस्थितिमा छन् उनीहरू ।

यी माग सामान्य हुन् । नियमित रुपमै हुनुपर्ने कुरा हुन् । तर, यति सामान्य विषयका लागि आमरण अनशन बस्नुपर्ने नियति निहारिकाले भोगेकी छन् । साभार नेपाल प्रेस

 

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
तपाईको आजको राशिफल (मङ्सिर १० गते शुक्रबार )

तपाईको आजको राशिफल ( जेठ ३० गते सोमबार)

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य