काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय बैठकले सोमबार बस्ने सचिवालय बैठकका एजेन्डा तय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको बैठकले स्थानीय तह निर्वाचनको समीक्षा लगायतका एजेन्डा तय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
केन्द्रीय कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई असार २ र ३ गते गरिने प्रशिक्षण, विभागको पूर्णता तथा समसामयिक विषयमा छलफल गर्नेगरी एजेन्डा तय गरिएको ज्ञवालीले बताए ।









तपाईको प्रतिक्रिया