जनकपुरधाम । समाजमा रहेको बोक्सी कु–प्रथा न्युनीकरणका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको सहयोगमा ७ दिने विशेष अभियान जिल्लामा सञ्चालन गर्न लागेको छ ।
सोमबार जनकपुरधामस्थित पत्रकार सममेलन मार्फत मान्छे बोक्सी हुन्न भन्ने सन्देश दिने गरि तयार पारेको टेलिफिल्म सहित धनुषाको विभिन्न पालिकाको ७ ठाउँमा प्रदर्शन गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिएका छन् ।
राष्ट्रिय जागरण प्रतिष्ठान कास्कीका अध्यक्ष कोविदशरण उपाध्यायले २०७१ साल देखि नै संस्थाले जनचेतनामूलक अभियानहरु देशभरि सञ्चालन गरेको बताउदै समाजमा रहेको बोक्सी तथा बोक्सा प्रतिको गहिरो भावना चीर्नका लागि टेलिफिल्मले मद्दत गर्ने विश्वास व्यक्त गरे ।
नेपाल सरकारको गृहमन्त्रालय तथा प्रहरी प्रधान कार्यालयको सहकार्य गरेर संस्थाले देश भरि नै गाउँ वस्तिमा पुगेर टेलिफिल्म प्रदर्शन गर्दै आएको छ । खास गरेर बोक्सी तथा बोक्सा प्रतिको अन्धविश्वास अहिले पनि देश भरि नै रहेकाले यसवाट पिडित भएका व्यक्ति तथा धामी झाक्रीलाई राखेर कार्यक्रम गर्ने संस्थाले उद्देश्य लिएको छ । बोक्सीको आरोपमा कसैलाई दुव्र्यवहार गरेको खण्डमा बोक्सी आरोप सम्बन्धि कसूर तथा सजायका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७२ अनुसार त्यस्ता व्यक्ति माथि कडा दण्ड तथा सजायको व्यवस्था रहेको छ ।
यस अघि संस्थाले महोत्तरी जिल्लाको विभिन्न पालिकाहरुमा कार्यक्रम सम्पन्न गरिसकेको छ । मकवानपुरको यथार्थ घटनामा आधारित रहेर फिल्मको निर्माण गर्ने काम भएको राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले जानकारी दिएको छ ।









तपाईको प्रतिक्रिया