TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

तुलसी रोपण गरिदै हर्षोल्लासका साथ हरिशयणी एकादशी मनाईयो


तुलसी रोपण गरिदै हर्षोल्लासका साथ हरिशयणी एकादशी मनाईयो
ADVERTISEMENT

काठमाण्डौ । असार शुक्ल एकादशीको अवसरपारी हिन्दु धर्मावलम्बीहरुले घर घरमा तुलसीको विरूवा रोपी हरिशयणी एकादशी मनाएका छन् ।


विश्व हिन्दु परिषद नेपाल र जनकल्याण प्रतिष्ठानद्वारा सञ्चालित एकल विद्यालय अभियानले आइतबार देशव्यापी रूपमा तुलसी रोपण कार्यक्रम मनाएको हो ।

हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । सृष्टिकर्ता भगवान् हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन (सुत्न) अवस्थामा जानुभई एकै चोटि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास रहेको छ । त्यही कारण यस एकादशीलाई हरिशयनी एकादशी भनिन्छ साथै हरिशयनी एकादशीलाई तुलसी रोपण दिवस पनि भनिन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई यस दिन रोप्दै पूजा गरिन्छ ।

भगवान् विष्णुको स्वरुप मानिने तुलसीको बिरुवा घर आँगनमा रोपिन्छ जसलाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गे गर्ने शास्त्रीय परम्परा छ । वैज्ञानिकरुपमा पनि बढी अक्सिजन प्राप्त हुने औषधीय गुण प्रमाणित भएको तुलसीलाई विभिन्न रोगका लागि समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । यसैगरि वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत रहिआएको छ ।

यो ४ महिनाको समयमा व्रतबन्ध, विवाह, मन्त्र लिने कार्य, गृहप्रवेश, मन्दिरको प्राण प्रतिष्ठा लगायतका कार्यहरूलाई निषेध गरिएको छ । भविष्य पुराण, पद्म पुराण तथा श्रीमद्भागवत महापुराण लगायतका ग्रन्थहरुमा हरिशयन गर्नुलाई योगनिद्राको रुपमा व्याख्या गरिएको छ । संस्कृतमा हरि शब्दलाई सूर्य, चन्द्रमा, वायु, विष्णु आदि अनेक अर्थमा प्रयुक्त हुन्छ । हरिशयनको अर्को व्याख्या अनुसार यो ४ महिनासम्म आकाशमा बादल ढाक्ने तथा वर्षा का कारण सूर्य र चन्द्रमाको तेज क्षीण हुने भएको अवधिलाई प्रतीकात्मक वर्णन पनि मानिन्छ । यस अतिरिक्त निरन्तर वर्षा र पानीको कारण पित्तरुपी अग्नि कमजोर रहेको हुनाले शारीरिक शक्ति क्षीण हुनुका साथै शरीर बल कमजोर हुनेगर्दछ ।

आजका दिन नेवाः समुदायमा ग्वार्चा बनाएर खाने प्रचलन रहिआएको छ । ग्वार्चा भनेको नेवाः समुदायमा खाइने एक पौष्टिक परिकार हो जुन आटा वा मैदालाई मुछेर त्यसलाई लाम्चो आकारमा पातलो गरि काटेर अन्य गेडागुडी, चना र आलुसँग मिलाइ सुप जस्तै पकाएर खाने गरिन्छ । वैज्ञानिक खोज तथा अनुसन्धानका अनुसार पनि यो ४ महिनासम्म विशेष गरेर वर्षा ऋतुमा पानी बढी पर्ने र सूर्यको तेज पृथ्वीमा थोरै माात्र आउने भएकाले यस समयमा नकारात्मक प्रभाव वृद्धि भई बिभिन्न प्रकारका किटाणु र सूक्ष्म रोगका जन्तुहरु उत्पन्न हुन्छन् । त्यसकारण यस समयमा खानपान तथा स्वास्थ्यमा विशेष ध्यान पुर्याउनु पर्ने भएकोले यस चतुर्मासलाई ब्रत र फलाहार गरेर सम्पन्न गर्नुपर्दछ ।

हाम्रा चाडपर्वहरुको वैज्ञानिक महत्व बारे चेतना हेतु विश्व हिन्दू परिषद् नेपाल तथा जनकल्याण प्रतिष्ठान लगायतका संस्थाहरुले आफ्ना हरेक इकाईहरुमा प्रत्येक वर्ष तुलसी रोपण, तुलसी पूजन, गंगा पूजन, गौपूजन आदि कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post

न्यायाधीश भट्टराईमने जिम्मेवारी खोसियो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य