आज साउन महिनाको पहिलो सोमबार, साउने सोमबार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ । काठमाण्डौको पशुपतिनाथ, जनकपुरधमको शिव मन्दिर, कपिलेश्वर महादेव मन्दिर, जलेश्वरको शिव मन्दिर, टुटेश्वर महादेव मन्दिर लगायतका मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ ।
अघिल्लो दुई वर्ष कोरोनाका कारण अरु चाडपर्वमा जस्तै साउने सोमबारमा पनि पशुपति लगायतका मन्दिरहरु बन्द थिए । यसवर्ष सबै ठाउँ खुला भए पनि कोरोनाको जोखिम कायमै भएकाले भिडभाडमा ख्याल गर्न र मास्क लगाउन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।
साउनमा हरियो, पहेँलो पहिरन, चुरा र मेहेन्दी लगाउने फेसन नै चलेको छ । खस आर्य समुदायका महिलाबाट सुरु भएको फेसन अहिले अरु समुदायका महिलाहरुमा समेत देखिएको छ ।
यससँगै श्रृङ्गारका सामग्रीको व्यापार गर्ने व्यवसायीको व्यापार पनि बढेको छ । केही वर्षयता साउन महिनामा विवाहित होस् वा अविवाहित होस् महिलाको हत्केलाभरी हरियो, पहेँलो चुरा र हात खुट्टामा मेहेन्दी लगाउने चलन चलेको छ । यही कारणले पनि कस्मेटिक पसलहरुमा व्यापार बढेको छ ।
संस्कृतिविद्हरुका अनुसार साउन महिनालाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिने गरिन्छ ।









तपाईको प्रतिक्रिया