जनकपुरधाम । मधेश प्रदेश सरकार विरुद्ध मुख्यमन्त्री कार्यालय अगाडी अब सुतेर धर्ना दिने चुरे तथा वन जंगल संरक्षण अभियानीले चेतावन दिएका छन् ।
शुक्रबार जनकपुरधामस्थित दश दिनदेखि रिले अनशन बसिरहेकै स्थानबाट सञ्चारकर्मीहरुसँगको कुराकानीमा चुरे तथा वनजंगल संरक्षण अभियान नेपालका राष्ट्रिय संयोजक सुनीलकुमार यादवले चुरे संक्षण तथा सुकुम्बासी भूमिहिन सम्बन्धि समस्या समाधानका लागि पटक पटक ध्यानाकर्षण गराउँदा पनि प्रदेश सरकारले कुनै चाँसो नदेखाएका कारण साउन १५ गते (आइतबार) मधेश प्रदेश मुख्यमन्त्री कार्यालय अगाडी सुतेर धर्ना दिने बताएका हुन् । उनले सुकुम्बासी भूमिहिन सम्बन्धि समस्या समाधानका लागि पटक पटक आन्दोलन तथा अनशन बस्दा पनि सरोकारवाला निकायले चाँसो नदेखाउँदा मुख्यमन्त्री कार्यालय अगाडी नै सुतेर धर्ना दिने चेताउनी दिएको बताए ।
“चुरे भवर जोगाऊ, मधेश मरुभूमि हुनबाट बचाऊ” मुल नाराकासाथ चुरो वनजंगल संरक्षरका निम्ति र भूमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोेबासीहरुको अधिकारका निम्ति म बोल्छु तपाई …? भन्ने प्रश्नकासाथ तीन बुँदे मागसहित जनकपुरधास्थित जनक चोकमा १० दिनदेखि रिले अनशनमा बसेको संयोजक यादवले जानकारी दिए । यस्ता खालका अनशन तथा आन्दोलन गरेतापनि प्रदेश सरकार तथा सम्बन्धि निकायले वेवास्ता गरेपछि अब मुख्यमन्त्री कार्यालय अगाडी सुतेर विरोध जनाउने चतावनी दिएको बताए ।
अभियानीहरुले राखेका तीन बुँदे मागमध्ये,‘पहिलोमा चुरे वनजंगल संरक्षण अभियानसँग गत वर्ष भदौ ४ गते प्रदेश सरकारले गरेको समझौता कार्यान्वन गरियोस् । यस्तै दोस्रोमा भूमिहीन, दलित, सुकुम्बासीहरु भूमि अधिकारबाट वञ्चित भएको भन्दै तत्काल तत्काल गाँस, बास र कपासको व्यवस्था गरियोस् र स्थानीय निकायबाट उठिवास लगाउने कार्य बन्द गरियोस् । तेस्रोमा चुरे क्षेत्रको जग्गा मासेर सुकुम्बासी भूमिहीनको नाममा नक्कली भूमिहीनलाई जग्गा वितरण गर्ने कार्य तत्काल बन्द गर्न गरियोस् भन्ने माग राखेका छन् ।
यसअघि मधेशको राजधानी जनकपुरधामस्थित तीन बुँदै माग बारे सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै असार २७, २८,२९ र ३० गते अभियानी, भूमिहीन तथा सुकुम्बासी महिलाहरुले झाडु जुलुस, लालटेन जुलुस लगायत मधेशको राजधानी जनकपुरधाम बन्द गर्ने घोषणा समेत गरेका थिए ।









तपाईको प्रतिक्रिया