जनमत पार्टीको धनुषा ३(क)का प्रदेशसभा सदस्यका उम्मेदवार डा. प्रसन्न झाले घरदैलोसंगै दिपावली तथा छठ पर्वको अवसरमा क्षेत्रभरी शुभकामना आदान प्रदान शुरु गरेका छन् । जसको शुरुवात उनले मुखियापट्टी मुसहरनिया गाउँपालिकाबाट गरेका छन् । आइतबार सो गाउँपालिकामा त्यहाँका मतदाताका साथै स्थानीय कार्यकर्ताहरुका बिच दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेका हुन् ।
कार्तिक ७ सोमबार बैरिया बजार, नगराइन बजार र बहुअर्वा बजारमा शुभकामना आदान प्रदानका साथै कार्यालय उदघाटन गरेका हुन् । कार्तिक ८ गते मंगलवार मुखियापटी मुसहर्निया वडा १ लक्ष्मीपुर/ बेला/ मुखियापटी, कार्तिक ९ गते बुधबार मुखियापट्टी मुसहरनिया वडा नम्बर २, कार्तिक १० गते बिहिवार मुखियापट्टी मुसहरनिया वडा नम्बर ४,कार्तिक ११ गते शुक्रबार मुखियापट्टि मुसहरनिया वडा नम्बर५, कार्तिक १२ शनिवार मुखियापट्टि मुसहरनिया वडा नम्बर ६मा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिनेछ ।
कार्तिक १४ गते सोमबार छठको घाट घाट पुगेर शुभकामना आदान प्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।
कार्तिक १५ गते मंगलवार नगराईन ५ गंगुली, कार्तिक १६ बुधबार नगराइन वडा नम्बर १ (खड्का /हाँसपट्टि/घोडघास) , कार्तिक १७ बिहीबार नगराइन/राधनेपुर/जटही , कार्तिक १८ शुक्रबार नगराइन वडा नम्बर ६/८ ( लगमा/आकौरा/बिर्ता) र कार्तिक १९ गते नगराइन ५को गंगुलीमा शुभकामना आदान गर्ने कार्यक्रम उम्मेदवार प्रसन्नले तय गरेका छन् ।









तपाईको प्रतिक्रिया