भारतः भारतको गुजरातस्थित मोरबीमा झोलुङ्गे पुल चुँडिदा मृत्यु हुनेको संख्या १३० पुगेको छ ।
मच्छु नदीमाथिको झोलुङ्गे पुल आइतबार साँझ भाँचिदा मृत्यु हुनेको संख्या १३० पुगेको छ । सो पुल १४० वर्ष पुरानो रहेको बताइएको छ ।
गुजराती नयाँ वर्ष मनाउने क्रममा आइतबार करिब ५०० जना पुलमा चढेका थिए । पुलले थेग्न नसकेपछि करिब ४०० सय नदीमा खसेका थिए ।
त्यसमध्ये १४१ जनाको ज्यान गएको आजतक समाचार छ ।
घटना लगत्तै करिब ६८ जनाको शव नदीबाट निकालेको थियो ।
रातिबाट उद्दार कार्य जारी रहेको र धेरै मानिस वेपत्ता भएको समेत बताइएको छ ।
पुलमा ओभरलोड भएका कारण दुर्घटना भएको बताइएको छ ।









तपाईको प्रतिक्रिया