TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनमत पार्टीको २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक


जनमत पार्टीको २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
ADVERTISEMENT

डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीबाट धनुषा क्षेत्र नम्बर–३ का उम्मेदवारहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।


धनुषा–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ई.शम्भुनाथ साह, प्रदेशसभा ३(क) का उम्मेदवार डाक्टर प्रसन्नकुमार झा र ३ (ख) का उम्मेदवार रामबाबु साहले २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । जनमत पार्टीले पार्टी अध्यक्ष डाक्टर सिके राउतको उपस्थितिमा सोमबार धनुषाको धनौजी गाउँपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकामा चुनावी आमसभाको आयोजनासमेत गरेको छ ।

यस्ता छन् जनमतको प्रतिबद्धता पत्रका २५ बुँदाहरु :

१) सामुदायिक स्वराज ल्याउने : जहाँ जनताले कुनै नेता, दल वा कर्मचाराको शासन नभई मेरो शासन हो भन्ने लाग्छ ।

२) नेताका प्रतिनिधिले चित्तबुझ्दो काम नगरेमा ‘रिकल’ गर्ने अधिकार प्रयोग गरी जुनसुकै बेला पदबाट हटाउने अधिकार जनतालाई दिने ।

३) नेताहरुको मनमानीपनको अन्त्य गरी जनताको वास्तविक सार्वभौमसत्ता स्थापन गरी ‘जनता राज’ को स्थापना गर्ने ।

४) स्थानीय तहबाट संघीय सरकारमा प्रत्यक्ष लोकतन्त्रको कार्यान्वयनका लागि स्थानीय तहमा हरेक ठूला निर्णय र विकास आयोजनाको छनोट पनि प्रत्यक्ष लोकतन्त्र (जस्तै मोबाइल मार्फत जनमत लिने) गर्ने ।

५) कुनैपनि प्रस्तावमा ५ लाख मतदाताको हस्ताक्षरमा जनमतसंग्रह गराउने व्यवस्था मिलाउने ।

६) सन् १९६० डिसेम्बर १४ मा महासभाबाट पारित भएको निर्णय र २०६६ डिसेम्बर १६ मा पारित भएको निर्णय २२०० A-XXI_ ICCPR/ICESCR अनुसार समुदायको आत्मनिर्णयको अधिकार स्थापना गरी संघीयता, स्वायत्तता र गणतन्त्रणलाई सुदृढ गर्न ।

७) आइएलओ १६९ लाई लागू गरी श्रोत–साधनमा मधेसीहरूको अधिकार स्थापित गर्ने ।

८) सबै कुरामा भारी कर राजस्व लगाएर सरकारी लुट रोक्ने ।

९) जनलोकपाल जस्ता प्रस्ताव ल्याई भ्रष्टाचारलाई जराबाट उखेल्ने र सुशासन ल्याउने ।

१०) “फिर्ता गर्ने अधिकार“, “अस्वीकार गर्ने अधिकार“, “सूचनाको अधिकार“ जस्ता प्रावधानहरूलाई प्रभावकारी रूपमा संस्थागत गर्ने ।

११) कर राजस्वबाट उठेको पैसामा ‘साना राजा’ बनेर जनतामाथि दमन गर्ने जनप्रतिनिधि र कर्मचारीलाई रोक्ने ।

१२) सरकारी कर्मचारी, प्रहरी र सेनाबाट हुने दमन रोक्ने ।

१३) मधेसमा १० लाख रोजगारी सृजना गरी “हर घर एक रोजगार“ दिने ।

१४) विदेशमा रहेका युवाहरुलाई रोजगारीको व्यवस्था गर्ने ।

१५) शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने ।

१६) जातीय भेदभाव, उत्पीड़न, शोषण र छुवाछुतलगायत सबै प्रकारका भेदभाव हटाउने ।

१७) समानुपातिक विकास र सामाजिक न्यायको लागि समानुपातिक समावेशी र उत्पीडित तथा पिछडिएको वर्ग सेना र प्रहरीमा मधेशीहरुको सामूहिक भर्तीका लागि ।

१८) निःशुल्क शिक्षा, सर्वव्यापी स्वास्थ्य सेवा, एकीकृत सामाजिक सुरक्षा, योग्य सबैलाई रोजगारी, सबै जनताका लागि खाना लत्ताकपडा, आवास र जग्गासहितको समाजवादी र परोपकारी राज्यको स्थापना गर्ने ।

१९) नेपालको संविधान संशोधन गरी विभेदकारी सिमाङ्कन र प्रावधानलाई न्यायोचित बनाउने ।

२०) प्रत्येक नागरिकलाई आत्मनिर्भर बनाउनको लागि अनिवार्य रुपमा एक वर्ष स्वयंसेवक तालिम दिन लगाउने ।

२१) नागरिकता समस्याको स्थायी समाधानका लागि ।

२२) किसानको समस्या स्थायी समाधानको लागि ।

२३) चुरिया हिमाललाई संरक्षित क्षेत्र बनाएर अध्यागमन व्यवस्थापन गर्ने । १० करोड रुख रोपेर वातावरण संरक्षणमा योगदान पुर्याउने ।

२४) समृद्धि र विकासका लागि मधेसमा विदेशी लगानी ल्याउने ।

२५) समग्रमा मधेस थरुहट आन्दोलनका शहीदहरुको सपना पूरा गर्न मुस्लिम दलित आदिवासी अल्पसंख्यक सीमान्तकृत संहिता ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
म आवासीय सुविधा नलिने एक्लो सांसद हुँ : कमल

म आवासीय सुविधा नलिने एक्लो सांसद हुँ : कमल

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य