TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

विश्वकप : श्रमिकको गुम्सिएको पीडा


विश्वकप : श्रमिकको गुम्सिएको पीडा
ADVERTISEMENT

 


काठमाडौं, मङ्सिर २ गते । कतारमा यही मङ्सिर ४ गतेदेखि फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै छ । यसका लागि भव्य तयारी भएको छ । प्रतियोगिता सञ्चालन हुने रङ्गशालाको सजावट र कलाकारिताले रौनक थपिएको छ तर त्यही रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका परिवार वा अङ्गभङ्ग वा दीर्घरोगी भएर वा तोकिएको तलब सुविधा नपाई फर्केका श्रमिकको रोदन कम्ती दर्दनाक छैन ।

 

रङ्गशाला निर्माणका क्रममा धेरै आप्रवासी कामदारले पसिना बगाएका छन् र पीडा भोगेका छन् । त्यसमा नेपाली श्रमिकको सङ्ख्या पनि ठूलो छ । यस्तैमध्येकी एक हुन्, मकवानपुर शिखरपानी–१५ की निर्मला पाख्रिन । निर्मलाका २४ वर्षे श्रीमानले कतारमा रङ्गशाला निर्माणकै क्रममा ज्यान गुमाए । सानो छोरा र श्रीमतीको लालनपालन र विदेशमा कमाएर स्वदेशमा आएर केही गर्ने सपना बाँडेर विदेशिएका निर्मलाका श्रीमानले कतार गएको १० महिनामै जीवन गुमाए । “रङ्गशाला निर्माणका दैनिक १४ घण्टासम्म काम गर्नुपथ्र्यो, न भनेको काम थियो न तलब नै । ढलान गरेको पिच फुुटाउने काम दिउँसो ५०–५२ डिग्री सेल्सियसको तापक्रममा गर्नुपथ्र्यो, खानाको त के कुरा पानीसमेत धीत मरुन्जेल पिउन पाइँदैन भन्नुहुन्थ्यो । श्रीमान्को मृत्यु हुनुभन्दा एक दिनअघि मात्रै फोनमा कुराकानी भएको थियो । त्यही नै अन्तिम रहेछ,” निर्मलाले भनिन्।

कतारमा विश्वकप फुटबल सुरु हुन लाग्दा कतारको रङ्गशालाको पूर्वाधार बनाउने क्रममा मृत्यु भएका, गम्भीर चोटपटक लागेका, ज्यालाबाट वञ्चित भएका श्रमिक र परिवारलाई क्षतिपूर्ति दिन अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीले फिफा र कतारमाथि दबाब जारी राखेका छन् । त्यसो त कार्यस्थलमा वा सडक दुर्घटनामा परेर ज्यान गुमाउनेका परिवारले क्षतिपूर्ति पाउने व्यवस्था छ तर निर्मलाका श्रीमान् कार्यस्थलमै मृत्यु भएको हो तर उनले अहिलेसम्म क्षतिपूर्ति पाएकी छैनन् ।

निर्मलाका श्रीमान्जस्तै कतारमा रङ्गशाला निर्माणका क्रममा सन् २०१० देखि २०२१ सम्म एक हजार ६४१ जना नेपालीको मृत्युको भएको तथ्याङ्क अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । एम्नेस्टी इन्टरनेसनलको एक अध्ययनअनुसार कतारमा खेल मैदान बनाउने क्रममा विभिन्न देशका छ हजार ७५० श्रमिकको मृत्यु भएको र त्योभन्दा दोब्बर सङ्ख्याका श्रमिक घाइते र अपाङ्ग भएको पाइएको छ । उक्त प्रतिवेदनअनुसार कतारको खेल मैदान बनाउन काम गर्ने क्रममा एक हजार ६४१ जनाको मृत्यु भएको छ । यस्तै भारतीय दुई हजार ७११ जना, बङ्गलादेशका एक हजार १८ जना, पाकिस्तान ८२४ जना र श्रीलङ्का ५५७ जनाको मृत्यु भएको तथ्याङ्क छ । गोरखापत्रदैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मौन अवधिभर मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

मौन अवधिभर मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य