जनकपुरधाम, मङ्सिर ५ गते । धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना आज बिहानदेखि सुरु भएको छ ।
जिल्लाको क्षेत्र नं. ३ मा आईतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यका निर्वाचनको मतगणना सोमबार बिहान ५ः३० बजेबाट सुरु भएको हो ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनाको लागि निर्वाचन अधिकृतको कार्यालयले बिहान ४ बजेदेखि नै सुरु हुने सूचना जारी गरेपनि सर्वदलिय प्रतिनिधिहरु समयमा उपस्थित नहुँदा मतदान केही समय ढिला भएको जनाइएको छ ।
यता, धनुषाका अन्य क्षेत्रहरुको भने बिहान ८ बजेदेखि मात्र मतगणना सुरु हुने बताईएको छ । निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना नीधि भवन जनकपुरधाममा भईरहेको छ ।
जिल्लाको क्षेत्र नम्बर १ को धनुषाधाममा, क्षेत्र नम्बर–२ को तिनकौरियामा र क्षेत्र नम्बर–४ को महेन्द्रनगरमा मतगणना हुने मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।
आइतबार सम्पन्न निर्वाचनमा धनुषामा ६२ प्रतिशत मत खसेको छ ।
प्रतिनिधिसभा तर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ मा २५, क्षेत्र नम्बर–२ मा १६, क्षेत्र नम्बर–३ मा ३१ र क्षेत्र नम्बर–४ मा ३१ जना उम्मेदवार छन् भने प्रदेशसभा १ को (क) मा १४, (ख) मा १४ र २ को (क) मा १४ तथा (ख) मा १७ जना उम्मेदवार छन् । त्यस्तै, ३ को (क) मा २० र (ख) मा २७ तथा ४ को (क) मा १९ र (ख) मा १३ जना उम्मेदवार छन् ।









तपाईको प्रतिक्रिया